Surakshya Rastriya Dainik
आइतबार, २६ जुलाई २०२६
ट्रेण्डिङ

बाँके ।बाँके क्षेत्र नम्बर १ मा नेकपा (माओवादी) का जेनेजी उम्मेदवार दीपक बुढाथोकी यतिबेला व्यापक चर्चामा छन्। मात्र २९ वर्षको उमेरमा केन्द्रीय निर्वाचनमा होमिएका बुढाथोकीलाई युवा पुस्ताको प्रतिनिधि उम्मेदवारका रूपमा हेरिएको छ।
कृषि फार्म सञ्चालन गर्दै आएका बुढाथोकी नेकपा (माओवादी) का जिल्ला सचिवसमेत हुन्। सानै उमेरदेखि राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका उनले आगामी फागुन २१ को निर्वाचनमा प्रत्यक्षतर्फबाट उम्मेदवारी दिएका हुन्।
देशले परिवर्तन र युवा नेतृत्वको आवश्यकता महसुस गरिरहेको वर्तमान अवस्थामा बुढाथोकीजस्ता युवा उम्मेदवार मैदानमा उत्रनुले राजनीतिक वृत्तमा नयाँ उत्साह थपिएको टिप्पणी हुन थालेको छ। विकास, रोजगारी र उत्पादनमुखी अर्थतन्त्रका एजेन्डा अघि सार्दै मतदातामाझ पुगेका उनीप्रति स्थानीय तहमा सकारात्मक प्रतिक्रिया देखिन थालेको बताइन्छ।
युवा जोश, कृषिसँगको प्रत्यक्ष सम्बन्ध र संगठनात्मक अनुभवका कारण बुढाथोकीले छोटो समयमै आफ्नो अलग पहिचान बनाउन सफल भएको समर्थकहरूको दाबी छ। आगामी निर्वाचनमा उनको उपस्थितिले बाँके–१ को राजनीतिक प्रतिस्पर्धालाई थप रोचक बनाएको विश्लेषण गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech