Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

बाँके । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा बाँके निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी माहोल झन् तातेको छ। यसैबीच गुलाफ चिन्ह बोकेका दिपक बुढाथोकी यतिबेला जेन्जी युवा र सल्यानी समुदायको प्रमुख रोजाइका रूपमा उभिएका छन्।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट उम्मेदवार बनेका २९ वर्षीय बुढाथोकीले घरदैलो अभियानलाई तीव्रता दिँदै गाउँ–गाउँमा प्रत्यक्ष संवाद बढाएका छन्। रोजगारी, कृषि आधुनिकीकरण, डिजिटल सीप विकास र स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेको उनको एजेन्डाले विशेषगरी युवा पुस्तालाई आकर्षित गरेको देखिन्छ।
स्थानीय तहमा देखिएको बेरोजगारी र वैदेशिक पलायनको समस्यालाई सम्बोधन गर्दै IT, कोडिङ, AI तथा डिजिटल काममार्फत घरमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता उनले दोहोर्‍याउँदै आएका छन्। यही कारण जेन्जी पुस्ता उनको अभियानमा खुला रूपमा सहभागी हुन थालेको समर्थकहरूको भनाइ छ।
त्यस्तै, सल्यानी मूलका मतदातामाझ पनि बुढाथोकीप्रति विशेष आकर्षण देखिएको छ। जिल्लामा सल्यानी समुदायबाट प्रतिनिधित्व गर्ने उम्मेदवारका रूपमा उनी अगाडि आएपछि समुदाय एकताबद्ध भएको राजनीतिक वृत्तमा चर्चा छ। स्थानीयस्तरमा कृषि पेशासँग जोडिएको अनुभव र संगठनात्मक सक्रियताले उनलाई विश्वासिलो युवा नेताका रूपमा उभ्याएको समर्थकहरू बताउँछन्।
घरदैलो कार्यक्रमका क्रममा युवादेखि ज्येष्ठ नागरिकसम्मको उल्लेख्य सहभागिता देखिएको छ। मतदातासँग समस्या सुन्ने, समाधानका स्पष्ट योजना प्रस्तुत गर्ने र पारदर्शी शासनको प्रतिबद्धता जनाउने शैलीका कारण उनको समर्थन आधार विस्तार हुँदै गएको छ।
चुनाव नजिकिँदै जाँदा बाँके–१ मा नयाँ पुस्ताको ऊर्जा र समुदायगत एकताले चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको विश्लेषकहरू बताउँछन्। यसैबीच, दिपक बुढाथोकी जेन्जी युवा र सल्यानी समुदायको केन्द्र बन्दै अघि बढिरहेको देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech