ट्रेण्डिङ

बाँके, नरैनापुर — विप्लव नेतृत्वको नेकपा (माओवादी) को चुनावी घरदैलो अभियान नरैनापुर क्षेत्रमा पुगेसँगै स्थानीय जनतामा उत्साह देखिएको छ। लामो समयपछि आफूहरूले “असली माओवादी” को उपस्थिति गाउँघरमै महसुस गरेको भन्दै स्थानीयवासीहरूले खुसी व्यक्त गरेका छन्।
घरदैलो कार्यक्रमका क्रममा गाउँका विभिन्न टोलबस्तीमा पुगेका नेकपा (माओवादी) का उम्मेदवार दीपक बुढाथोकीलाई स्थानीयले न्यानो स्वागत गरेका थिए। धेरै मतदाताले प्रचण्ड नेतृत्वको माओवादी पार्टीले मूल माओवादी बिसर्जन बनाएको आरोप लगाउँदै असन्तुष्टि व्यक्त गरेका थिए। उनीहरूले अहिले विप्लव नेतृत्वको नेकपा (माओवादी) सक्रिय रूपमा जनताको घरदैलोमा पुगेपछि पुनः आशा पलाएको प्रतिक्रिया दिएका छन्।
स्थानीय बासिन्दाहरूका अनुसार वर्षौंदेखि नरैनापुर क्षेत्र आधारभूत विकासका सवालमा पछाडि परेको छ। शिक्षा, स्वास्थ्य, सडक, खानेपानीलगायतका समस्या अझै समाधान हुन नसकेको गुनासो उनीहरूले सुनाएका छन्। यस्तो अवस्थामा जनताको मुद्दा बोकेर आएको दाबी गरिएको नेकपा (माओवादी) प्रति सकारात्मक अपेक्षा बढेको उनीहरूको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech