ट्रेण्डिङ

बाँके–१ मा फागुन २१ को प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी सरगर्मी तीव्र बनेको छ। क्षेत्र नम्बर १ मा यसपटक युवा पुस्ताको सक्रियता उल्लेखनीय देखिएको छ। जेन्जी पुस्ताका उम्मेदवार दिपक बुढाथोकीको पक्षमा बढ्दो जनसमर्थन देखिएको दाबी गर्दै समर्थकहरूले परिवर्तनको एजेन्डालाई मुख्य मुद्दा बनाएका छन्।
दिपक बुढाथोकी नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का उम्मेदवार हुन्, जसको नेतृत्व नेत्र विक्रम चन्द ‘विप्लव’ ले गर्दै आएका छन्। यस पार्टीको चुनाव चिन्ह “गुलाफको फूल” रहेको छ। समर्थकहरूका अनुसार गुलाफको फूल परिवर्तन र नयाँ सुरुवातको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ।
घरदैलो अभियान तीव्र रूपमा सञ्चालन भइरहेका छन्। विभिन्न टोल–बस्तीमा आयोजित भेटघाट तथा छलफल कार्यक्रममा स्थानीय बासिन्दाको सहभागिता बढ्दो देखिएको छ। विशेषगरी सल्यानी समुदाय र युवा मतदाताहरू खुला रूपमा समर्थनमा उत्रिएको बताइएको छ। “अब पुरानालाई होइन, नयाँ युवा नेतृत्वलाई साथ दिनुपर्छ” भन्ने आवाज अभियानका क्रममा सुनिन थालेको समर्थकहरूको भनाइ छ।
उम्मेदवार बुढाथोकीले कृषि, श्रम र स्थानीय उत्पादनलाई अर्थतन्त्रको आधार बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। किसानलाई मल–बीउ समयमै उपलब्ध गराउने, उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने तथा कृषि आधारित साना तथा मध्यम उद्योग विस्तारमार्फत स्थानीय अर्थतन्त्र सुदृढ गर्ने योजना उनले सार्वजनिक गरेका छन्। साथै, नेपालगञ्जलाई व्यापार, सेवा र औद्योगिक केन्द्रका रूपमा विकास गर्ने दृष्टिकोण अघि सारेका छन्।
युवा लक्षित कार्यक्रम पनि उनको मुख्य एजेन्डामध्ये एक हो। सीपमूलक तालिम, उद्यमशीलता प्रवर्द्धन र स्थायी रोजगारी सिर्जनालाई प्राथमिकता दिँदै IT तथा डिजिटल सीप तालिम केन्द्र स्थापना गर्ने योजना प्रस्तुत गरिएको छ। AI, सफ्टवेयर र अनलाइन सेवामार्फत घरमै रोजगारीको अवसर विस्तार गर्ने लक्ष्य राखिएको छ। विद्यालय तथा कलेजमा IT, कोडिङ र डिजिटल शिक्षाको विस्तारमा जोड दिने प्रतिबद्धता व्यक्त गरिएको छ।
पूर्वाधार विकासका क्षेत्रमा सिँचाइ, सडक, बिजुली, इन्टरनेट र खानेपानीमा गुणस्तरीय पहुँच सुनिश्चित गर्ने योजना सार्वजनिक गरिएको छ। शिक्षा र स्वास्थ्य सेवालाई सबैका लागि सहज र प्रभावकारी बनाउने, थारु, मुस्लिम लगायत सबै समुदायको समान अधिकार र सहभागिता सुनिश्चित गर्ने अडान पनि व्यक्त गरिएको छ। सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्थापन, भ्रष्टाचार नियन्त्रण, पारदर्शी शासन र वातावरण संरक्षणलाई समेत प्राथमिकतामा राखिएको छ।
बाँके–१ मा यसपटक चुनावी प्रतिस्पर्धासँगै पुस्तान्तरणको बहस पनि चर्किएको छ। मतदाताको एक वर्ग नयाँ सोच र ऊर्जासहितको नेतृत्वको पक्षमा देखिएको छ भने अन्य प्रतिस्पर्धी दलहरू पनि आ–आफ्नो एजेन्डासहित मैदानमा छन्। फागुन २१ को निर्वाचनले बाँके–१ को राजनीतिक दिशामा कस्तो प्रभाव पार्छ भन्ने विषयमा स्थानीयस्तरमा चासो बढ्दै गएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech