बाँके । नेकपा (बहुमत) ले मसाल जुलुस निकालेको छ । महासचिव धमेन्द्र बास्तोलाको गैरन्यायिक गिरफ्तारीको विरोध गर्दै बहुमतका नेता तथा कार्यकर्ताले बाँके जिल्लामा आज राँके जुलुस निकालेका हुन् ।
उनीहरुले फागुन २१ गतेको चुनाव खारेजीको माग दोहोर्याउँदै आएका छन् । निर्वाचन बहिष्कारको माग गर्दै आएका बास्तोलालाई प्रहरीले गिरफ्तार गरेको हो ।







