ट्रेण्डिङ

काठमाडौं – प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै प्रहरी प्रधान कार्यालयले एसएसपीसम्मका उच्च अधिकारीलाई फिल्डमा खटाएको छ।
बुधबारदेखि ३१ जना एसएसपी र ४६ जना एसपीलाई विभिन्न जिल्लाको जिम्मेवारी दिँदै खटाइएको हो। उनीहरूलाई दुई जिल्लासम्मको समन्वय गर्ने जिम्मेवारी दिइएको जनाइएको छ।
उपत्यकाका तीन जिल्लामा थप पाँच एसएसपी परिचालन गरिएको छ भने धेरैजसो एसएसपी तराईका जिल्लामा खटिएका छन्। पहाडी तथा हिमाली जिल्लाको समन्वयका लागि बढी संख्यामा एसपीहरू परिचालन गरिएको कार्यालयले जनाएको छ।
थप सुरक्षाका लागि काठमाडौं उपत्यकाबाट १३ हजार प्रहरी बाहिरी जिल्लामा पठाइएको छ। यसअघि नै ४४ डीएसपी र ११० इन्स्पेक्टरलाई दुई साताअघि जिल्लामा खटाइएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech