सुर्खेत — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशकी संस्थापक महामन्त्री चन्द्रा बिक र सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेतले पार्टी परित्याग गरेका छन्।
आइतबार आयोजित कार्यक्रममा बिक र बस्नेतले साधारण सदस्यसमेत नरहने गरी रास्वपा छाडेको घोषणा गरेका हुन्। पार्टी परित्याग गरेलगत्तै उनीहरू नेपाली कांग्रेस मा प्रवेश गरेका छन्।
उनीहरूलाई कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले सुर्खेतमा आयोजित कार्यक्रममा खादा र मालाले स्वागत गरेका थिए।
कार्यक्रममा उनीहरूसँगै रास्वपा त्यागेर कांग्रेस प्रवेश गरेका अन्य दर्जनौँ कार्यकर्ताहरूको पनि सहभागिता रहेको थियो।
निर्वाचन नजिकिँदै गर्दा प्रदेश महामन्त्री र जिल्ला कार्यवाहक सभापतिले पार्टी परित्याग गरेपछि रास्वपालाई कर्णाली प्रदेशमा ठूलो चुनौती थपिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।







