धादिङ — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले धादिङको गल्छी गाउँपालिका–८ गोगनपानीमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा एमाले र कांग्रेससँग आबद्ध ३३ जना कार्यकर्ताले पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका हुन्।
पार्टी प्रवेश गर्नेहरूमा राजेन्द्र तामाङ, सविन तामाङ, सुकमान तामाङ, रविन तामाङ, ईश्वर तामाङ, ज्ञानकुमारी तामाङ, विमला तामाङ, विशाल तामाङ, पद्मबहादुर तामाङ, दुर्गा वि. तामाङ, श्याम बि. तामाङ, राजाबाबु तामाङ, सन्त वि. तामाङ, प्रेम तामाङ, अंक वि. तामाङ, निर्जला बि.क. स्याले, किरण तामाङ, सन्देश तामाङ, मिलन लामा, सुभाष लामा, कृष्ण वि. तामाङ, सवित्री तामाङ, हिरा तामाङ, बाबिता तामाङलगायत रहेका छन्।
नवप्रवेशीहरूलाई नेकपा उम्मेदवार राजेन्द्र पाण्डे तथा निर्वाचन परिचालन कमिटीका संयोजक शालिकराम जम्कट्टेल ले खादा ओढाएर स्वागत गरेका थिए।
कार्यक्रममा बोल्दै नेताहरूले पार्टीलाई थप सुदृढ बनाउँदै स्थानीय तहमा संगठन विस्तारलाई तीव्रता दिइने बताएका छन्।
नेकपाले पछिल्लो समय विभिन्न वडाबाट पार्टी प्रवेश कार्यक्रमलाई तीव्रता दिएको जनाएको छ।









