Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

 

बाँके — नेकपा (माओवादी) जिल्ला समिति बाँके र नेकपा (माले) जिल्ला समिति बाँके बीच प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै चुनावी सहकार्यको सहमति भएको छ। दुवै पार्टीका जिल्ला नेतृत्वबीच भएको समझदारी अनुसार आगामी २१ फाल्गुन २०८२ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहकार्य गर्ने निर्णय गरिएको हो।

सहमति अनुसार नेकपा (माओवादी) बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फका उम्मेदवारलाई विजयी गराउन नेकपा (माले) बाँकेले पूर्ण समर्थन गर्नेछ। यद्यपि समानुपातिकतर्फ भने दुवै पार्टीले आ–आफ्नो चुनाव चिन्हमा मतदान गर्ने सहमति भएको छ।
त्यसैगरी आगामी प्रदेश तह तथा स्थानीय तहका निर्वाचनहरूमा समेत दुई पार्टीबीच अधिकतम् चुनावी सहकार्य गर्ने समझदारी बनेको जनाइएको छ।

उक्त सहमतिपत्रमा नेकपा (माओवादी) का तर्फबाट जिल्ला सचिव दीपक बुढाथोकी र नेकपा (माले) का तर्फबाट केन्द्रीय सदस्य टोपेन्द्र रोकायले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech