ट्रेण्डिङ

धनगढी, कैलाली — जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–१३ मा मंगलबार साँझ युवाहरूका दुई समूहबीच भएको विवादले उग्र रूप लिँदा झडप भएको छ।
स्थिति तनावग्रस्त बनेपछि प्रहरीले घटनामा संलग्न १२ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। झडपमा केही व्यक्तिहरू घाइते भएका छन् भने घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको बताइएको छ।
स्थिति नियन्त्रणमा लिन र थप हिंसा हुन नदिन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली परिचालन गरिएको थियो।
झडप नियन्त्रण गर्ने क्रममा केही प्रहरी कर्मचारीसमेत घाइते भएका छन्। साथै, प्रहरीको एउटा सवारी साधनमा सामान्य क्षति पुगेको प्रहरीले जानकारी दिएको छ।
हाल घटनास्थलमा शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रहरी कार्यालयका डीएसपीको कमाण्डमा विशेष प्रहरी टोली खटाइएको छ। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech