काठमाडौं । नेपाल प्रहरी ले काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रको सुरक्षा कमाण्ड एसपीलाई जिम्मा दिएको छ। प्रहरी प्रधान कार्यालय ले नियमित रूपमा खटिएका प्रहरीको नियमन र समन्वयका लागि प्रत्येक क्षेत्रमा एसपी खटाएको हो।
एसपीहरूको कार्यसम्पादन नियमन गर्न एसएसपीहरू रमेश बस्नेत, अजय केसी, नवराज अधिकारी, सन्तोष खड्का र प्रबिण धिताललाई समेत जिम्मेवारी दिइएको छ। फिल्ड तहमा भने प्रत्यक्ष कमाण्ड एसपीहरूले सम्हाल्नेछन्।
यी हुन् खटिएका एसपीहरू:
काठमाडौं
क्षेत्र नं. १ – नरहरी रेग्मी
क्षेत्र नं. २ – अर्जुन प्रसाद तिमल्सिना
क्षेत्र नं. ३ – प्रजित केसी
क्षेत्र नं. ४ – बालनरसिंह राणा
क्षेत्र नं. ५ – अंशु कुमार सिंह
क्षेत्र नं. ६ – रबिन कार्की
क्षेत्र नं. ७ – राजकुमार सिलवाल
क्षेत्र नं. ८ – रामेश्वर कार्की
क्षेत्र नं. ९ – विश्वराज खड्का
क्षेत्र नं. १० – वीरेन्द्रबहादुर शाही
ललितपुर
क्षेत्र नं. १ – महोहर प्रसाद भट्ट
क्षेत्र नं. २ – नवरत्न पौडेल
क्षेत्र नं. ३ – मिलन केसी
भक्तपुर
क्षेत्र नं. १ – महेन्द्र श्रेष्ठ
क्षेत्र नं. २ – शालिग्राम शर्मा
उपत्यकामा निष्पक्ष र भयरहित निर्वाचन सुनिश्चित गर्न सुरक्षा संयन्त्रलाई सुदृढ बनाइएको प्रहरी स्रोतले जनाएको छ।







