Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले समाजमा शान्ति सुरक्षा कायम राख्न नेपाल प्रहरी कर्मचारीहरूले निर्वाह गर्दै आएको भूमिका उत्कृष्ट रहेको बताएका छन्।
नेपाल प्रहरी प्रधान कार्यालयबाट शुक्रबार भर्चुअल माध्यममार्फत प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान पश्चात अपनाउनुपर्ने सुरक्षा सतर्कता तथा समसामयिक विषयवस्तु सम्बन्धी निर्देशन तथा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।
आईजीपी कार्कीले आगामी दिनमा पनि सबै प्रहरी कर्मचारीहरूले निष्ठावान्, इमानदार भई उच्च अनुशासन तथा व्यावसायिकता प्रदर्शन गर्न आवश्यक रहेको उल्लेख गरे। उनले प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान प्रक्रियालाई शान्तिपूर्ण, भयरहित तथा निष्पक्ष वातावरणमा सम्पन्न गराउन प्रहरी कर्मचारीहरूले उच्च मनोबल र जिम्मेवारीबोधका साथ देखाएको व्यावसायिकता प्रशंसनीय रहेको बताए।
उनका अनुसार निर्वाचनको समयमा सबै प्रहरी कर्मचारीहरूले सामूहिक भावनाका साथ आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेका छन्।
आईजीपी कार्कीले मतगणनास्थलमा देखिन सक्ने सम्भावित सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्न सूचना संकलनलाई विशेष प्राथमिकता दिन र आवश्यक सुरक्षा रणनीतिसहित प्रभावकारी प्रहरी परिचालन गर्न निर्देशन दिएका छन्। साथै मतगणनास्थल, मत परिणाम घोषणा र विजयी दलले गर्ने र्‍याली तथा जुलुसका क्रममा कुनै पनि त्रुटि नहुने गरी थप संवेदनशील भएर काम गर्न पनि उनले निर्देशन दिएका छन्।
त्यसैगरी सामाजिक सञ्जालमार्फत फैलाइने गलत तथा मिथ्या सूचनामा संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याउन प्रहरीले थप सक्रिय भएर काम गर्नुपर्ने उनले बताए। कुनै पनि अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिलाई तत्काल कानूनी दायरामा ल्याउन समेत उनले निर्देशन दिएका छन्।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थिति रहेको थियो। साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, सातै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, प्रदेश प्रहरी तालिम केन्द्र, विशेष सुरक्षा गण, प्रदेश प्रहरी गण, जिल्ला प्रहरी परिसर तथा सबै जिल्ला प्रहरी कार्यालयका निर्वाचन सेल प्रमुख तथा प्रतिनिधिहरू र थप मद्दतका रूपमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक तथा अन्य अधिकृतहरूको भर्चुअल सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech