ट्रेण्डिङ

काठमाडौं ।
निर्वाचनको पछिल्लो मतपरिणामअनुसार पुराना दलका अधिकांश शीर्ष नेताहरू पराजित हुने अवस्था देखिएपछि जेनजी युवाहरूले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नयाँ संसदको संरक्षण गर्न आग्रह गरेका छन्।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेस का सभापति गगन थापा लगायत पुराना दलका नेतृत्व निर्वाचनमा पराजित हुने परिस्थिति बनेको दाबी गर्दै जेनजी अभियन्ताहरूले संसदलाई सही दिशा दिन प्रचण्डले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएका हुन्। हालसम्मको मतपरिणामअनुसार पुराना दलका प्रमुख नेतामध्ये प्रचण्ड मात्रै विजयी भएको उनीहरूको भनाइ छ।
जेनजी फ्रन्ट नेपाल का अगुवा युजन राजभण्डारी ले अब बन्ने संसदलाई अभिभावकत्व र नयाँ दिशा दिने जिम्मेवारी प्रचण्डको काँधमा आएको बताएका छन्। उनले राजनीतिमा उदाएका नयाँ अनुहारलाई प्रचण्डले पहिले ‘लोकतन्त्रका सुन्दर फूल’ भनेको प्रसंग स्मरण गराउँदै अहिले त्यस फूलबारीको माली बन्नुपर्ने समय आएको बताएका हुन्।
राजभण्डारीले भने, “हामीलाई स्मरण छ, तपाईंले एकपटक संसदको रोष्ट्रमबाट नयाँ उदाएका व्यक्तिहरूलाई लोकतन्त्रको फूलबारीमा फुलेका नयाँ फूलका रूपमा चित्रित गर्नुभएको थियो। अहिले तपाईं त्यही फूलबारीको माली हुनुहुन्छ। त्यसैले फक्रिँदै गरेका ती नयाँ फूलहरूलाई संरक्षण गर्ने, उनीहरूको सम्भावनालाई प्रोत्साहन गर्ने र समग्र फूलबारीलाई जीवन्त, समावेशी र सुन्दर बनाइराख्ने ऐतिहासिक जिम्मेवारी तपाईंको काँधमा आएको छ।”
उनका अनुसार आगामी संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धेरै नयाँ अनुहार देखिने सम्भावना रहेकाले उनीहरूलाई संसदीय अभ्यास र राजनीतिक संस्कार सिकाउने जिम्मेवारी पनि प्रचण्डकै रहनेछ।
“आशा छ, तपाईंले त्यो भावनालाई व्यवहारमा उतार्दै राजनीतिक संस्कारलाई अझ परिपक्व बनाउने नेतृत्व गर्नुहुनेछ,” उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech