Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

काठमाडौं । सर्लाहीको बलरा नगरपालिका–४ मा नेपाली कांग्रेसका नेता डा. कमलेश्वर सिन्हामाथि आक्रमण भएको छ।
आइतबार दिउँसो बलरा–४ स्थित सडकमा स्कार्पियो गाडीमा यात्रा गरिरहेका बेला उनीमाथि आक्रमण भएको कांग्रेसका स्थानीय युवा नेता नवीन कुशहवाले जानकारी दिएका छन्। डा. सिन्हा आफ्ना छोरा र नातिसँगै गाडीमा बसेको अवस्थामा गाडीमाथि आक्रमण भएको बताइएको छ।
पीडित पक्षका अनुसार सर्लाही क्षेत्र नम्बर ४ बाट Rastriya Swatantra Party (रास्वपा) बाट निर्वाचित सांसद Amaresh Kumar Singh का भतिजा तथा राष्ट्रिय अनुसन्धान कार्यालय धनुषाका सूचक गोपेशकुमार सिंह र बलरा–४ का पंकजकुमार झाले आक्रमण गरेका हुन्।
आक्रमणबाट घाइते भएका डा. सिन्हालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्रोतले जनाएको छ।
यसै निर्वाचनमा सर्लाही–४ बाट सांसद बनेका सिंहले Gagan Kumar Thapa लाई पराजित गरेका थिए। सिंहले ३५ हजार ६८८ मत प्राप्त गर्दा थापाले २२ हजार ८३१ मत ल्याएका थिए।
घटनाप्रति Nepali Congress सर्लाही–४ ले घोर आपत्ति जनाएको छ। विजय जुलुसका क्रममा डा. सिन्हामाथि ज्यान लिने उद्देश्यले आक्रमण भएको आरोप लगाउँदै कांग्रेसले दोषीमाथि कानुनबमोजिम कारबाही गर्न प्रशासनसँग माग गरेको छ। तर प्रहरीले भने सुरक्षा राष्ट्रिय दैनिक संग कुरा गर्दै यस विषयमा आधिकारिक जानकारी न आएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech