Surakshya Rastriya Dainik
सोमबार, २१ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

झापा। झापामा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) ढुण्डीराज गिरी नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि पूरा गर्दै अनिवार्य अवकाशमा गएका छन्। उनी आइतबारदेखि औपचारिक रूपमा अवकाशमा गएका हुन्।
गिरीले नेपाल प्रहरीमा रहँदै करिब तीन दशकसम्म विभिन्न स्थानमा सेवा गर्दै नागरिकको सुरक्षामा महत्वपूर्ण योगदान दिएका थिए।
उनको अवकाशको अवसरमा जिल्ला प्रहरी कार्यालय झापामा एक कार्यक्रम आयोजना गरी बिदाइ गरिएको थियो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले मायाको चिनो प्रदान गर्दै सम्मानसहित बिदाइ गरिन्।
सो अवसरमा खड्काले गिरीले ३० वर्षसम्म निरन्तर रूपमा राष्ट्र र नागरिकको सेवामा समर्पित भएर काम गरेको उल्लेख गर्दै उच्च सम्मान व्यक्त गरिन्। साथै उनले आगामी दिनहरूमा गिरीको जीवन सुख, शान्ति र समृद्धिले भरिपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गरिन्।
नेपाल प्रहरीमा लामो समय सेवा गरेका गिरीको योगदानलाई सहकर्मीहरूले पनि स्मरण गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech