कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका–२ आनन्दनगरमा एक युवक झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
सल्यान कुमाख गाउँपालिका–२ बारुले घर भएका १८ वर्षीय सुरेश बुढाथोकी आफ्नी फुपु सम्झना बुढाथोकीको घरमा पाहुना बस्दै आएका थिए।


उक्त घरको भुईँ तलाको कोठामा ढोका भित्रबाट चुक्कुल लगाई सिलिङ फ्यानमा क्रेप ब्यान्डेजको पासो लगाएर झुण्डिएको अवस्थामा उनी फेला परेका हुन्। आज बिहान घरमा रहेका आफन्तले खाना खान बोलाउन जाँदा झ्यालबाट हेर्दा उनी झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरिएको थियो।
जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। हाल लास घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। झुण्डिएको कारण भने खुल्न सकेको छैन।





