Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी पदोन्नति लिएको आरोपमा मुक्त नारायण श्रेष्ठ विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीको सञ्चार शाखामा कार्यरत तत्कालीन प्रहरी सहायक निरीक्षक श्रेष्ठले पदोन्नति प्रयोजनका लागि पेश गरेका शैक्षिक प्रमाणपत्रहरू नक्कली रहेको उजुरीका आधारमा अनुसन्धान गरिएको थियो।
अनुसन्धानका क्रममा श्रेष्ठले भारतको Central Board of Secondary Education (CBSE), दिल्लीबाट जारी भएको देखिने All India Senior School Certificate Examination, 1999 को Marks Statement र Migration Certificate लगायतका कागजात पेश गरेका थिए। तर ती कागजात झुट्टा तथा नक्कली रहेको पुष्टि भएको आयोगले जनाएको छ।
आयोगका अनुसार श्रेष्ठले नक्कली प्रमाणपत्र पेश गरेर नेपाल प्रहरी सेवामा प्रहरी सहायक निरीक्षक पदमा पदोन्नति प्राप्त गरी राष्ट्रसेवकको हैसियतमा हालसम्म नेपाल सरकारबाट निवृत्तभरणसहितका सुविधा लिँदै आएको आरोप छ।
यस कार्यले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) अनुसार भ्रष्टाचारजन्य कसुर गरेको ठहर गर्दै आयोगले उनलाई सोही ऐनअनुसार कैद तथा जरिवाना सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
आयोगका प्रवक्ता सुरेश न्यौपाने ले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा उक्त जानकारी दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech