Surakshya Rastriya Dainik
आइतबार, २६ जुलाई २०२६
ट्रेण्डिङ

 

सिरहा — सिरहा जिल्ला अदालत अगाडि बम जस्तो देखिने शंकास्पद वस्तु विस्फोट भएको छ। उक्त वस्तु वास्तविक बम हो कि होइन भन्ने यकिन गर्नका लागि जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाएको जनाएको छ।

प्रहरीका अनुसार अदालत परिसर नजिकै शंकास्पद वस्तु देखिएपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ। सो स्थानमा अहिले प्रहरीको टोलीले सुरक्षा दिइरहेको छ भने सर्वसाधारणलाई नजिक जान नदिन सावधानी अपनाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नेपाली सेनाको टोली घटनास्थलमा पुगेर उक्त वस्तुको जाँच गरेपछि मात्र त्यो बम हो वा होइन भन्ने स्पष्ट हुने बताइएको छ।

यस घटनापछि अदालत आसपासको क्षेत्रमा केही समयका लागि सतर्कता बढाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech