Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

काठमाडौं । सुनिलकुमार पोखरेल विरुद्ध न्यायपरिषद् मा उजुरी परेको छ। न्यायाधीशको आचारसंहिता विपरीत रिटको सुनुवाइ गरेको आरोप लगाउँदै युवराज पौडेल (सफल) ले परिषद्मा उजुरी दर्ता गराउन पुगेका हुन्।

यद्यपि उक्त उजुरी औपचारिक रूपमा दर्ता भने भइसकेको छैन। यस विषयमा परिषद्का सचिव जितेन्द्रबाबू थपलिया ले प्रधानन्यायाधीश तथा परिषद्का अध्यक्ष प्रकाशमान सिंह राउत सँग परामर्श गरेपछि मात्रै दर्ता गर्ने तयारी भएको बताइएको छ।

उजुरीमा न्यायाधीश पोखरेलले न्यायाधीशको आचारसंहिता, २०७४ को दफा ४ उपदफा ४.५ (ग) विपरीत काम गरेको उल्लेख गरिएको छ। उक्त व्यवस्थाअनुसार विवादित विषयमा न्यायाधीशले पहिले कानून व्यवसायीको हैसियतले काम गरेको वा साक्षीको रूपमा संलग्न भएको भए सोही मुद्दाको सुनुवाइ गर्न नहुने व्यवस्था छ।

हाल पोखरेलको इजलासमा रवि लामिछाने विरुद्ध विभिन्न जिल्लामा दर्ता भएका सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालय को निर्णयविरुद्ध परेको रिटमाथि सुनुवाइ भइरहेको छ।

लामिछानेमाथिको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता सविता भण्डारी को निर्णयविरुद्ध दायर रिटमा आइतबार पोखरेल र सारंगा सुवेदी को इजलासमा सुनुवाइ भएको थियो। पक्षको आग्रह विपरीत सुनुवाइ अघि बढाइएको भन्दै मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो।

उक्त मुद्दामा सोमबार पनि सुनुवाइ निरन्तर रहने भएपछि पौडेल उजुरी लिएर परिषद् पुगेका हुन्।

न्यायाधीश बन्नुअघि पोखरेलले लामिछानेविरुद्ध लागेका आत्महत्या दुरुत्साहन, नागरिकता र पासपोर्ट सम्बन्धी मुद्दामा वकिलको रूपमा काम गरेका थिए। न्यायाधीश भएपछि सोही पक्षसँग सम्बन्धित मुद्दाको सुनुवाइ गर्नु न्यायिक अभ्यास विपरीत भएको भन्दै कानुनी वृत्तमा आलोचना भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech