Surakshya Rastriya Dainik
शुक्रबार, ९ अक्टोबर २०२६
ट्रेण्डिङ

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज मा सिकार खेल्न गएका सुर्खेत का पाँच युवक झन्डै १० दिनदेखि सम्पर्कविहीन भएका छन्।

सम्पर्कविहीन हुनेमा बराहताल गाउँपालिका–१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली तथा लेकवेशी नगरपालिका–८ गंगटे घर भई हाल बर्दिया बस्दै आएका ४५ वर्षीय दुर्गाबहादुर सिजाली रहेका छन्।

परिवारका अनुसार उनीहरू गएको २३ फागुन मा सिकार खेल्न भन्दै करिब १७ किलोमिटर दक्षिणतर्फ रहेको निकुञ्ज क्षेत्रतर्फ गएका थिए। त्यसयता भने उनीहरू परिवारको सम्पर्कमा आएका छैनन्।

उनीहरू घर नफर्किएपछि आइतबार मात्र परिवारजनले यसबारे प्रहरीलाई जानकारी दिएका हुन्। यसपछि खोजबिनका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेत ले जनाएको छ।

सम्पर्कविहीन भएका युवकहरूको खोजीका लागि निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र रानीघाट प्रहरी चौकी सँग समन्वय गरेर खोजी कार्य अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech