Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले सुरक्षा निकायमा भर्ना प्रक्रियामा सुधार गर्न महत्वपूर्ण सुझावहरू प्रस्तुत गरेको छ। आयोगले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा हाल कायम रहेको प्रहरी सहायक निरीक्षक (असई) पदलाई हटाई त्यसको सट्टा प्रहरी नायब निरीक्षक (सइ) पदमा सीधै भर्ना गर्न सिफारिस गरेको हो।

आयोगका अनुसार १२ कक्षा उत्तीर्ण व्यक्तिहरू निजामती सेवामा नायब सुब्बा पदमा प्रवेश गर्ने व्यवस्था रहेकाले सुरक्षा निकायमा पनि सोही स्तरअनुसार सइ पदमा भर्ना खुलाउन उपयुक्त हुने देखिएको छ। यसले शैक्षिक योग्यता र पदको स्तरबीच समानता कायम गर्ने विश्वास आयोगले व्यक्त गरेको छ।

यस विषयमा विगतदेखि नै सुरक्षा निकायभित्र छलफल भइरहेको जनाइएको छ। आयोगको सुझावले उक्त बहसलाई थप औपचारिकता दिने अपेक्षा गरिएको छ।

त्यस्तै, आयोगले निजामती सेवाका अधिकृत तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका इन्सपेक्टर पदहरूमा एउटै छनोट प्रक्रियाबाट भर्ना गर्ने व्यवस्था मिलाउन पनि सिफारिस गरेको छ। यसले प्रतिस्पर्धालाई व्यवस्थित र पारदर्शी बनाउने विश्वास गरिएको छ।

साथै, आयोगले जवान पदमा भर्ना हुनका लागि न्यूनतम योग्यता एसईई (माध्यमिक शिक्षा परीक्षा) उत्तीर्ण हुनुपर्ने व्यवस्था लागू गर्न पनि सुझाव दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech