Surakshya Rastriya Dainik
शुक्रबार, ९ अक्टोबर २०२६
ट्रेण्डिङ

काठमाडौं: नेकपा एमालेका नेता तथा पूर्व संविधानसभा सदस्य कर्णबहादुर मल्ल बलात्कार सम्बन्धी आरोपमा पक्राउ परेका छन्।

मुगुको सोरु गाउँपालिका–१० स्थायी घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ बसोबास गर्दै आएका ५२ वर्षीय मल्ललाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको हो।

मल्लविरुद्ध एक महिलाले फागुन ५ गते बलात्कारको आरोप लगाउँदै प्रहरीमा उजुरी दर्ता गराएकी थिइन्। ती महिला केही समयअघि माइतीघरमा अनशन बसेर न्यायको माग समेत गरेकी थिइन्।

उक्त उजुरीका आधारमा जिल्ला प्रहरी परिसर ललितपुर र सातदोबाटो प्रहरी वृत्तको टोलीले उनलाई पक्राउ गरेको हो।

हाल मल्ललाई प्रहरी हिरासतमा राखी घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech