ट्रेण्डिङ

ताजा अपडेट

बाँके, कोहलपुर | जिल्ला बाँकेको कोहलपुर नगरपालिका–४ बेलनपुर क्षेत्रबाट लागूऔषध (ब्राउन सुगर) सहित दुई जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय कोहलपुर का अनुसार मिति २०८२ चैत १८ गते विशेष सूचनाका आधारमा गरिएको कारबाहीका क्रममा प्रहरीले लागूऔषध कारोबार भइरहेको आशंकामा एक घरमा छापा मारेको थियो।
प्रहरी टोलीमा लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्ज समेत सहभागी रहेको थियो।
चेकजाँचका क्रममा कोहलपुर नगरपालिका–४ बेलनपुर बस्ने २९ वर्षीय कमरुद्दिन जागा र सोही स्थानका २२ वर्षीय जमाल हसनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट शुद्ध तौल २ ग्राम ४०० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरिएको छ।
पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक तथा सूचना अधिकारी अच्युत राज आचार्य ले घटनाबारे पुष्टि गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech