ट्रेण्डिङ

ताजा अपडेट

 

१९ चैत २०८२ कोहलपुर ; – सवारी दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका एक बिरामीको सफल उपचारपछि उनले आफ्नो ज्यान बचाउने डाक्टरको फोटो टी–सर्टमा छापेर अस्पताल पुगेको दृश्यले सम्पूर्ण स्वास्थ्य क्षेत्रलाई भावुक बनाएको छ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा न्युरो सर्जन डा. सुबोध गौतमको नेतृत्वमा गरिएको जटिल अपरेसनपछि बिरामीले पूर्ण स्वास्थ्य लाभ गरेका हुन्। निको भएपछि उनी डा. गौतमको तस्बिर अंकित टी–सर्ट लगाएर अस्पताल पुगे, जहाँ उनले आफ्नो जीवनदातासँग भेट गरी आभार व्यक्त गरे।

डा. सुबोध गौतम नेपालकै चर्चित न्युरो सर्जनमध्ये एक हुन्। उनको दक्षता, अथक मेहनत र समर्पणले एक परिवारको सारा सुख फर्काइदिएको स्थानीयले बताए।

बिरामीले टी–सर्टमै डाक्टरको फोटो राखेर सम्मान जनाउनु स्वास्थ्यकर्मीप्रतिको विश्वास र कृतज्ञताको जीवन्त उदाहरण हो। यस्तो दृश्यले चिकित्सा सेवा मात्र पेसा नभई मानव जीवन बचाउने महान कर्तव्य भएको पुष्टि गर्छ।

अस्पताल प्रशासनले पनि डा. गौतम र सम्पूर्ण मेडिकल टोलीको प्रशंसा गर्दै यस्ता समर्पित चिकित्सक समाजका साँचो हिरो भएको प्रतिक्रिया दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech