ट्रेण्डिङ

कोहलपुर, बाँके । कोहलपुर नगरपालिका–२, विकासनगर क्षेत्रबाट १६ वर्षीया किशोरीलाई जबरजस्ती अपहरण गरिएको आरोप सार्वजनिक भएको छ। पीडित पक्षका अनुसार, किशोरी शोभा ओलीलाई आफ्नै घरबाट उनका बुवासहित ७–८ जना व्यक्तिले मिलेर मंगलबार राति करिब १२ बजेतिर अपहरण गरेका हुन्।
घटनाका बेला पीडित किशोरीले “बचाऊ, बचाऊ” भन्दै चिच्याउँदा पनि आसपासका मानिसहरूबाट सहयोग नपाइएको परिवारले जनाएको छ।
पीडित परिवारका अनुसार, घटनाबारे तत्कालै प्रहरीलाई खबर गरिएको थियो। तर प्रहरी करिब १ घण्टा ढिला, राति १:१३ बजे मात्र घटनास्थलमा पुगेको आरोप लगाइएको छ। यसरी ढिलाइ हुनु र घटनापछि पनि आवश्यक पहल नगरेको भन्दै परिवारले प्रहरीमाथि गम्भीर लापरबाहीको आरोप लगाएका छन्।
परिवारले केही प्रहरीहरू ड्युटीमा हुँदा मदिरा सेवन गरेको जस्तो व्यवहार देखिएको र आफ्नो गुनासो नसुनी उल्टै अपमानजनक व्यवहार गरेको समेत दाबी गरेका छन्।
हालसम्म घटनासम्बन्धी औपचारिक मुद्दा दर्ता प्रक्रिया अघि नबढेको भन्दै पीडित पक्षले असन्तुष्टि जनाएको छ। “केस दर्ता नगरेसम्म केही गर्न सकिँदैन” भन्ने जवाफ प्रहरीबाट आएको परिवारको भनाइ छ।
पीडित परिवारले आफ्नो तर्फ बाट किशोरीको खोजी कार्य जारी राखेको र आवश्यक परे जिल्ला प्रशासन कार्यालयमा उजुरी दिने तयारी गरेको जनाएको छ।

साथै, घटनामा संलग्न व्यक्ति तथा लापरबाही गर्ने प्रहरीमाथि कारबाही हुनुपर्ने माग गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech