Surakshya Rastriya Dainik
शनिबार, १२ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

कोहलपुर— “जापानीज” भाषा शिक्षामा विश्वासिलो र गुणस्तरीय सेवा प्रदान गर्दै आएको सेफ ओय एजुकेसनल कन्सल्टेन्सीले बिहीबार एक भव्य कार्यक्रमका बीच जापान अध्ययनका लागि भिसा प्राप्त गरी प्रस्थान गर्न लागेका विद्यार्थीहरूलाई बिदाइ तथा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गरेको छ।
संस्थाका सञ्चालक कमल थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रको प्रतिष्ठित शैक्षिक संस्था वेस्टर्न क्याम्पसका क्याम्पस प्रमुख नविन खत्री प्रमुख अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रममा विभिन्न शैक्षिक संस्थाका प्रतिनिधि, अभिभावक, पत्रकार तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चालक कमल थापाले सेफ ओय एजुकेसनल कन्सल्टेन्सी पश्चिम क्षेत्रको एक भरपर्दो “जापानीज” भाषा शिक्षण संस्थाका रूपमा स्थापित भएको बताए। उनले संस्थाले सधैं नियम, कानुन र पारदर्शितालाई प्राथमिकतामा राखेर सेवा प्रदान गर्दै आएको स्पष्ट पारे। पछिल्लो समय भाषा शिक्षणका नाममा अविश्वसनीय संस्था बढ्दै गएको सन्दर्भमा उनले अभिभावक तथा विद्यार्थीहरूलाई एकपटक संस्थामा आएर प्रत्यक्ष जानकारी लिन आग्रह गरे।
जापान जान लागेका विद्यार्थीहरूले संस्थाप्रति आफ्नो विश्वास व्यक्त गर्दै भने, “हामीले जस्तो अपेक्षा गरेका थियौं, त्यहीअनुसार आज भिसा प्राप्त गरेका छौं।” उनीहरूले संस्थाको गुणस्तरीय शिक्षण, अनुभवी प्रशिक्षक र भरपर्दो परामर्श सेवाको प्रशंसा गर्दै “जापानीज” भाषा अध्ययनका लागि यो उत्कृष्ट विकल्प भएको उल्लेख गरे।
कार्यक्रममा भिसा प्राप्त गरी जापान जान लागेका सम्पूर्ण विद्यार्थीहरूलाई खादा, माला तथा मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको थियो। साथै, नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै उनीहरूको उज्ज्वल भविष्यको कामना गरिएको थियो।
संस्थाले आगामी दिनहरूमा पनि गुणस्तरीय “जापानीज” भाषा शिक्षा र विश्वसनीय परामर्श सेवा निरन्तर प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech