कोहलपुर । कोहलपुर नगरपालिका–२, मनकामना चोक शक्तिनगर निवासी तथा नीलसागर सेवाश्रमकी शुभचिन्तक आदरणीय श्री मंगला मल्ल शाहीले आफ्नो शुभ–जन्मदिनको पावन अवसरमा समाजसेवाको प्रेरणादायी उदाहरण प्रस्तुत गर्नुभएको छ।
उहाँले सडकआश्रित सडकमानव, बेसहारा, दीनदुखी, असहाय, अशक्त ज्येष्ठ नागरिक तथा अभिभावकविहीन बाबुनानीहरूका लागि स्नेह, माया र ममता प्रकट गर्दै सेवाश्रममा आश्रित व्यक्तिहरूलाई खाजा तथा खाद्यान्न सामग्री सप्रेम अर्पण गर्नुभएको हो।
यस अवसरमा सेवाश्रममा रहेका पुजनीय बुवा–आमा तथा बालबालिकाहरूले उहाँको सहयोगप्रति आभार व्यक्त गरेका छन्। जन्मदिनलाई व्यक्तिगत उत्सवको रूपमा मात्र नभई सामाजिक उत्तरदायित्वसँग जोड्दै गरिएका यस्ता कार्यहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिइएको छ।








