Surakshya Rastriya Dainik
आइतबार, २० सेप्टेम्बर २०२६
ट्रेण्डिङ

काठमाडौं ।  हाम्रो समाजमा अझै पनि अन्तरजातीय प्रेम र विवाहलाई सहज रूपमा स्वीकार गरिँदैन। प्रेम सम्बन्धकै कारण हिंसात्मक घटनासमेत भइरहेका बेला अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्यद्धय डिबी परियार र सन्जु राईले अन्तरजातीय विवाह गरेर सकारात्मक सन्देश दिएका छन्।
कालिकोटका डिबी परियार र उदयपुरकी सन्जु राईले करिब एक वर्ष लामो प्रेम सम्बन्धलाई परिवारको सहमतिमा विवाहमा परिणत गरेका हुन्। परियार दलित समुदायबाट सम्बन्धित छन् भने राई जनजाति समुदायकी हुन्। यस्तो संवेदनशील सामाजिक परिवेशमा उनीहरूको विवाहलाई धेरैले साहसिक र उदाहरणीय कदमका रूपमा लिएका छन्।
प्रेम, सङ्घर्ष र सहकार्यको यात्रा
उनीहरूको प्रेम यात्रा सहज भने थिएन। एक वर्षको सम्बन्धमा खुसी र माया मात्र नभई झगडा र कठिनाइका क्षणहरू पनि उत्तिकै आएका थिए। तर, ती सबै चुनौतीहरू पार गर्दै एक–अर्काप्रति अडिग रहनु नै उनीहरूको सम्बन्धको बलियो आधार बनेको छ।
डिबी परियारका अनुसार विवाहसम्म पुग्ने यात्रामा व्यक्तिगतभन्दा पनि जीवनसाथीको साथ र प्रयास बढी महत्त्वपूर्ण रह्यो। समाजको दबाब र अवरोधका बीच परिवारलाई विश्वासमा लिएर विवाह गर्नु सजिलो नभए पनि उनीहरूको अठोटले सम्भव बनायो।
सामाजिक सन्देश
अन्तरजातीय विवाहकै कारण ज्यान गुमाउनुपरेका घटनाहरू भइरहेका सन्दर्भमा यो विवाहले सकारात्मक सन्देश दिएको छ। प्रेमलाई जातभन्दा माथि राख्ने र परिवारको सहमतिमा अघि बढ्ने उनीहरूको निर्णयले समाजमा समानता र सहअस्तित्वको भावना बलियो बनाउने अपेक्षा गरिएको छ।
समानता र न्यायको पक्षमा आवाज उठाउँदै आएको विद्यार्थी संगठनको नेतृत्वमा रहेका यो जोडीको कदमलाई जातीय विभेदविरुद्धको लडाइँमा एक महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech