Surakshya Rastriya Dainik
सोमबार, २७ जुलाई २०२६
ट्रेण्डिङ

काठमाडौं । राजधानीका विभिन्न स्थानमा महिलाको घाँटीबाट सुनका सिक्री लुट्दै आएको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले लुटपाटमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएर सोमबार सार्वजनिक गरेको हो।
पक्राउ पर्नेहरूमा नुवाकोट ककनीका २१ वर्षीय सविन तामाङ, २६ वर्षीय विमल तामाङ, २१ वर्षीय सुजन तामाङ, नुवाकोट विदुरका ४४ वर्षीय सतिस अमात्य तथा सोलुखुम्बूका १९ वर्षीय रितिका माझी रहेका छन्।
प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार चैत १२, चैत १९ र वैशाख ६ गते काठमाडौंका विभिन्न स्थानमा भएका सुन लुटपाटका घटनाको अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।
प्रहरीले पक्राउ परेकाहरूबाट १२.९० ग्राम सुन, पेचकस, ठूला तथा साना रेन्ची, मोबाइल फोन, खुकुरी तथा लुटपाटमा प्रयोग गरिएका लत्ताकपडा बरामद गरेको जनाएको छ।
उक्त गिरोहलाई काठमाडौं महानगरपालिका–४ तारकेश्वर, पैँयुटार क्षेत्रबाट पक्राउ गरिएको हो। हाल उनीहरूमाथि प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech