Surakshya Rastriya Dainik
आइतबार, ९ अगस्ट २०२६
ट्रेण्डिङ

 

१५ बैशाख २०८३ कोहलपुर ;– कोहलपुरमा सञ्चालन हुन लागेको ‘कोहलपुर गोल्ड कप’ फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। रेसिङ साहारा क्लबद्वारा आयोजित प्रतियोगिताको चौथो संस्करण यही वैशाख १९ गतेदेखि २६ गतेसम्म कोहलपुर-२ स्थित तेह्र बिगाह खेलमैदानमा हुनेछ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको खेल तालिका सार्वजनिक गर्दै आयोजकले सहभागी टोली र तयारीबारे जानकारी दिएको हो। प्रतियोगितामा नेपालका विभिन्न प्रतिष्ठित क्लबसँगै विदेशी टोलीको समेत सहभागिता रहनेछ।

सहभागी टोलीहरूमा आयोजक रेसिङ सहारा क्लब (कोहलपुर, बाँके), पञ्चकोशी युवा क्लब (सुदूरपश्चिम), लालीगुराँस एसोसिएसन क्लब (पोखरा), सातदोबाटो युवा क्लब (ललितपुर), जस्ट जोन एफसी (नाइजेरिया), रोयल फुटबल क्लब (कर्णाली), राइजिङ स्टार क्लब (नवलपरासी) र विभागीय टोली नेपाल पुलिस क्लब रहेका छन्।

प्रतियोगिताको उद्घाटन खेल आयोजक रेसिङ सहारा क्लब र पञ्चकोशी युवा क्लब (सुदूरपश्चिम) बीच हुनेछ। त्यस्तै सेमिफाइनल खेल २३ र २४ गते तथा फाइनल खेल २६ वैशाखमा हुने आयोजकले जनाएको छ।

प्रतियोगिताका संयोजक कर्ण बस्नेतले खेलमैदान, आवास, सुरक्षा तथा दर्शक व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भइसकेको बताए। प्रतियोगितालाई व्यवस्थित र आकर्षक बनाउने उद्देश्यले आवश्यक पूर्वाधार तथा समन्वयको काम सम्पन्न गरिएको उनको भनाइ छ। उनका अनुसार दर्शकले प्रतियोगिताका सबै खेल निःशुल्क हेर्न सक्ने व्यवस्था मिलाइएको छ।

आयोजक रेशिङ सहारा क्लबका अध्यक्ष चक्र चिमला क्षेत्रीले प्रतियोगिताले स्थानीय खेलकुद विकाससँगै फुटबलप्रेमी दर्शकलाई उच्चस्तरीय खेलको अनुभूति दिलाउने अपेक्षा गरिएको बताए । यधपी प्रतियोगिता उद्घाटन कसले गर्ने भन्ने बारे भने खुलाइएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech