Surakshya Rastriya Dainik
आइतबार, २६ जुलाई २०२६
ट्रेण्डिङ

Pic-Ai

 

१६ बैशाख २०८३ बाँके ;- बाँकेको कोहलपुर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले आफैंले ‘नियमसंगत अनुमति’ प्रदान गरेको मन्टेश्वरी विद्यालयलाई पछि समाचारको आधारमा ‘अबैध’ ठहर्याउँदै अनुगमन थालेको घटनाले शाखाको कामकारबाहीमै गम्भीर विरोधाभास देखाएको छ।

शाखाले सोही विद्यालयलाई अनुमति दिँदा उक्त प्रक्रिया सरकारी राजस्वको दस्तुर बुझाई, सबै कागजात शाखामै अभिलेखिकरण हुने ब्यवस्थापन छ । तर, हाल अनुगमनका क्रममा शाखा अधिकृत तथा संयोजकले ‘सबै प्रक्रिया ठिक रहेको’ स्वीकार गर्दै पनि कागजातको अभिलेखीकरण नहेरेको प्रति आफूहरू जिम्मेवार नरहेको बताउन थालेका छन्। यसरी आफैंले अनुमति दिँदाको रेकर्ड शाखाभित्र हुने साधारण जानकारीसमेत नराख्ने र नियम बमोजिम अनुगमन नगर्ने प्रवृत्तिलाई स्थानीय अभिभावक तथा विद्यालय सञ्चालकले गम्भीर आपत्ति जनाएका छन्।

शाखाकै एउटा अधिकृतको भनाइ उद्धृत गर्ने हो भने, “हामीले दिएको अनुमति प्रक्रियागत रुपमा सबैठिक थियो। तर अहिले समाचार देखेपछि हेर्नुपरेको हो। कागजात हाम्रै रेकर्डमा भए पनि – त्यो हेर्ने बेग्लै विषय हो।” यस प्रकारको अभिव्यक्ति र व्यवहारले कोहलपुर नगरको शिक्षा प्रशासनमा कानूनी प्रक्रिया र जवाफदेहिताको अवस्था कमजोर भएको स्पष्ट संकेत गरेको छ।

स्थानीयले शाखाले पहिला राजस्व लिएर ‘कागजमा सबै ठिक’ भन्दै अनुमति दिने, पछि पत्रिकाको समाचार देखेपछि सोही कार्यलाई अबैध घोषित गर्ने असङ्गतिले नगरभित्र करोडौंको सेवामूलक शैक्षिक कारोबार अनियमित हुने सम्भावना रहेको चिन्ता व्यक्त गरेका छन्।

शाखाले आगामी अनुगमन प्रतिवेदन सार्वजनिक गर्दै आत्मसमीक्षा गर्ने वा विरोधाभासलाई यथावत् राख्ने, भन्ने पर्खाइमा भने कोहलपुरवासी छन्। तर, प्रश्न उत्तिकै ज्वलन्त छ – ‘कागजात शाखामै हुँदा समाचारको भरमा नगर शिक्षा प्रशासन आफैं अनियमित कसरी बन्न सक्छ?’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech