Surakshya Rastriya Dainik
सोमबार, २७ जुलाई २०२६
ट्रेण्डिङ

बाँके, कोहलपुर । कोहलपुर नगरपालिकाले सुकुम्वासी बस्ती खाली गराउन जारी गरेको सूचनाप्रति नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कोहलपुर नगर समितिले गम्भीर ध्यानाकर्षण जनाएको छ।
नगर समितिले बुधबार जारी गरेको विज्ञप्तिमा स्थानीय सरकारले सुकुम्वासी परिवारलाई स्थायी बसोबास तथा जीविकोपार्जनको वैकल्पिक व्यवस्था नगरी जबरजस्ती उठिबास लगाउने तथा झुप्रा भत्काउने प्रयास गरेको भन्दै कडा आपत्ति जनाइएको छ।
विज्ञप्तिमा यस्तो कदमलाई “अमानवीय” करार गर्दै यसले भूमिहीन सुकुम्वासी तथा दलित परिवारहरूलाई थप बिचल्ली पार्ने र सीमान्तकृत समुदायमा राज्यप्रतिको विश्वास कमजोर पार्ने खतरा औंल्याइएको छ।
नेकपाले सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउनुअघि त्यहाँ बसोबास गरिरहेका भूमिहीन सुकुम्वासी तथा दलित समुदायको उचित पुनर्वास सुनिश्चित गर्न माग गरेको छ। पुनर्वासको स्पष्ट व्यवस्था नगरी बस्ती हटाउने कार्य नगर्न सरकारलाई जोडदार आग्रह गरिएको छ।
यसैगरी, पार्टीले सरकारलाई अझ लोकतान्त्रिक, सहिष्णु र जिम्मेवार बन्न आग्रह गर्दै सुकुम्वासी, किसान, मजदूर तथा उत्पीडित वर्गका अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ।
“लोकतन्त्रको सुदृढीकरण जनताको घरबास उजाडेर सम्भव हुँदैन,” विज्ञप्तिमा उल्लेख गरिएको छ, “बरु सीमान्तकृत समुदायका अधिकार सुनिश्चित गर्दै सामाजिक न्याय र समृद्धि हासिल गर्नु नै सही मार्ग हो।”
उक्त विज्ञप्ति नेकपा कोहलपुर नगर समिति, बाँकेका अध्यक्ष बल बहादुर खड्काद्वारा जारी गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech