बाँके — जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगंज उपमहानगरपालिका–१६ र १७ क्षेत्रबाट भारतबाट अवैध रूपमा ल्याइएका माछा, बोइलर कुखुरा तथा अन्य विभिन्न सामान बरामद गरेको छ।
प्रहरीका अनुसार करिब १० किलोग्राम माछा र ३० वटा बोइलर कुखुरा नियन्त्रणमा लिइएको छ। उक्त सामग्री आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय, नेपालगंज पठाइएको जनाइएको छ।
यसैगरी, नेपालगंज उपमहानगरपालिका–२ क्षेत्रबाट भन्सार छलि तस्करी गरी ल्याइएका फलफूल, लत्ताकपडा तथा Mountain Dew पेय पदार्थसहित करिब रु. २ लाख ९ हजार २४० बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएको सामग्री थप कारबाहीका लागि भन्सार कार्यालय, नेपालगंज बाँकेमा बुझाइएको छ।
घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।







