बाँके — नेपाल प्रहरी ले बाँकेका विभिन्न स्थानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१३ लालापुरबाट करिब ८ सय ७० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित कोहलपुर नगरपालिका बस्ने १८ वर्षीय किशोरलाई बुधबार बिहान पक्राउ गरिएको हो। उनलाई प्रहरी चौकी तेलियनपुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको जनाएको छ।
यसैगरी, इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले कोहलपुर नगरपालिका–१० चण्डिका टोलबाट करिब ३ सय ३० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित सोही नगरपालिका–१५ बस्ने १९ वर्षीय प्रितम कुमार थारूलाई मंगलबार दिउँसो पक्राउ गरेको छ।
दुवै घटनामा थप अनुसन्धान भइरहेको नेपाल प्रहरी ले जनाएको छ ।







