Saturday, October 24, 2026

ताजा अपडेट

 

१९ बैशाख २०८३ कोहलपुर ; नेपाल गोजुरियो कराते डो एसोसिएसन जिल्ला समिति बाँकेले संघसँग आबद्ध एक खेलाडीका क्यान्सर पीडित अभिभावकको उपचारमा सहयोग पुर्याउने उद्देश्यले स्वैच्छिक रकम संकलन गरी हस्तान्तरण गरेको छ।

संघका वरिष्ठ सल्लाहकार एवं पश्चिम क्षेत्रका मुख्य प्रशिक्षक जनक विकले सो रकम संघका पदाधिकारी तथा खेलाडीहरूबाट संकलन गरिएको जानकारी दिए। उनले एसोसिएसनले समाजमा सकारात्मक योगदान पुर्याउन सकेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सहयोगी कार्यहरू निरन्तर जारी रहने बताए।

यस्तै संघका जिल्ला अध्यक्ष निम प्रकाश खनालले भने, “हामीले कुनै पनि प्रतियोगिता गर्दा बचत भएको रकम अत्यन्त सामाजिक, सकारात्मक रुपान्तरणका कार्यहरूमा खर्च गर्दै आएका छौं।” उनले संघले सामाजिक उत्तरदायित्व अन्तर्गत यस प्रकारका कार्यहरू गर्नु आफ्नो नियमित अभ्यास भएको स्पष्ट पारे।

एसोसिएसनले संकलित रू ८५,००० (पचासी हजार) रकम पीडित परिवारका सदस्यको रोहबरमा विरामीको हातमा हस्तान्तरण गरेको बताएको छ। यो सहयोग उपचारका लागि अत्यन्तै महत्वपूर्ण रहेको परिवारका सदस्यले बताएका छन्।

संघले भोलिका दिनमा समेत यस्ता सकारात्मक सामाजिक कार्यहरूलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...