ट्रेण्डिङ

ताजा अपडेट

 

कोहलपुर,बाँके । पूर्णिमा साहित्य प्रतिष्ठान, कोहलपुरको आयोजनामा शुक्रबार लेखक क्षितिज समर्पणको उपन्यास ‘तोरकीन’ माथि विशेष परिचर्चा कार्यक्रम सम्पन्न भएको छ। हिमालपारिको अपर मुस्ताङको परिवेश र त्यहाँको जीवनशैलीलाई केन्द्रमा राखेर लेखिएको उक्त उपन्यासले सहभागीहरूको ध्यान आकर्षित गरेको थियो।

कार्यक्रममा बोल्दै प्रतिष्ठानका अध्यक्ष डा. पुष्कर रिजालले मुस्ताङको कम चर्चित चराङ गाउँको विगत र वर्तमानलाई सूक्ष्म रूपमा चित्रण गरिएको यस कृतिले पाठकलाई नयाँ दृष्टिकोण दिने विश्वास व्यक्त गरे। उनले लेखकलाई प्रोत्साहन दिन र स्थानीय पाठकका जिज्ञासा समाधान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।

लेखक क्षितिज समर्पणले आफ्नो लेखन यात्राको सुरुवात मुस्ताङ भ्रमणबाट भएको जानकारी दिँदै उपन्यासमार्फत हिमाली क्षेत्रका बस्तीहरू आधुनिकताको प्रभावले खाली हुँदै जानु, पर्यावरणीय परिवर्तनका कारण प्राकृतिक सौन्दर्य हराउँदै जानु तथा संस्कृति र लोकरीतिहरू हराउन थालेको यथार्थ प्रस्तुत गरिएको बताए।

उनले भने, “‘तोरकीन’ले जन्मभूमिप्रतिको आत्मीयता र यसको महत्व उजागर गर्न खोजेको छ। साथै हिमाली सभ्यता र तिब्बत–नेपाल सम्बन्धलाई पनि उपन्यासले समेटेको छ।”

परिचर्चा कार्यक्रममा प्राज्ञ महानन्द ढकालसहित विभिन्न साहित्यकार, स्रष्टा तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले लामो भाषण र औपचारिकताभन्दा मुक्त, संक्षिप्त र अन्तरक्रियात्मक शैलीले कार्यक्रमलाई अझ प्रभावकारी बनाएको प्रतिक्रिया दिएका थिए।

कार्यक्रम संस्थाकी उपाध्यक्ष देवकी निरौलाको स्वागत मन्तव्यबाट सुरु भई सचिव केशव निमेषको सञ्चालनमा सम्पन्न भएको थियो।

यसैबीच, ‘तोरकीन’ उपन्यासमाथिको परिचर्चा कार्यक्रम देशका विभिन्न सहरहरूमा निरन्तर आयोजना भइरहेका छन्। कोहलपुरमा २०८२ वैशाख १८ गते सम्पन्न उक्त कार्यक्रमपछि आज सुर्खेतमा कार्यक्रम आयोजना गरिएको छ भने भोलि दाङमा हुने तालिका रहेको छ। त्यसपछि बुटवल र चितवनमा पनि यस्ता कार्यक्रमहरू सञ्चालन गरिने जानकारी आयोजकले दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech