Surakshya Rastriya Dainik
शुक्रबार, ९ अक्टोबर २०२६
ट्रेण्डिङ

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर रोकाया भरुवा बन्दुकसहित पक्राउ परेका छन्।
शनिबार प्रहरीले रोकायाको घरमा लुकाएर राखिएको भरुवा बन्दुक फेला पारेपछि उनलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर खड्काका अनुसार गोप्य सूचनाका आधारमा गरिएको खोजतलासका क्रममा उक्त हतियार बरामद गरिएको हो।
प्रहरीका अनुसार रोकायाको घरबाट एक थान भरुवा बन्दुक, १२ थान फलामको रडका गोली तथा करिब ११० ग्राम बारुद फेला परेको छ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय सिमकोटले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech