Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

काठमाडौं ।पेस्तोल देखाएर ज्वेलर्स लुट्ने प्रयासलाई निर्भीक रूपमा प्रतिकार गरी ठूलो आपराधिक घटना रोक्न सफल भएकी सञ्जिता शाक्यलाई नेपाल प्रहरीले सम्मान गरेको छ।
नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा काठमाडौं महानगरपालिका–२२ वटु निवासी शाक्यलाई कदरपत्र प्रदान गर्दै सम्मान गरेका हुन्।
गत वैशाख १७ गते काठमाडौं महानगरपालिका–२४ तुछेनानी गल्लीस्थित ‘नैना एण्ड ईशान ज्वेलर्स’मा दुई जना व्यक्तिले पेस्तोल देखाएर लुटपाटको प्रयास गरेका थिए। सो क्रममा सञ्जिता शाक्यले ज्यानको जोखिम मोलेर साहसिक प्रतिकार गरेपछि लुटेराको योजना असफल भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त घटनामा संलग्न तीन जनालाई पक्राउ गरिसकिएको छ।
कार्यक्रममा महानिरीक्षक कार्कीले शाक्यले संकटपूर्ण अवस्थामा देखाएको साहस, सतर्कता र नागरिक दायित्वबोध प्रशंसनीय रहेको उल्लेख गर्दै यस्तो कार्य समाजका लागि प्रेरणादायी भएको बताए।
उनले अपराध नियन्त्रण तथा सुरक्षित समाज निर्माणका लागि प्रहरी–नागरिक सहकार्य अत्यावश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा प्रविधिमैत्री र प्रभावकारी सुरक्षा प्रणालीलाई प्राथमिकतामा राखिने जानकारी पनि दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech