नेपालगंज, बाँके । नेपाल प्रहरीमा भर्ती गराइदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपाल प्रहरीको विभिन्न चरणका परीक्षामा उत्तीर्ण गराई जागिरमा लगाइदिने प्रलोभन देखाई विभिन्न मितिमा रकम असुल्ने कार्यमा संलग्न जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका–१ गुराँसे निवासी ३० वर्षीय लक्ष्मण बि.क. पक्राउ परेका हुन्।
उनीलाई मिति २०८३ वैशाख ३१ गते इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका बि.क. विरुद्ध ठगी मुद्दामा सम्मानित बाँके जिल्ला अदालतबाट पाँच दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
प्रहरी नायव उपरीक्षक दिपक पातलीद्वारा जारी सूचनामा घटनाबारे आवश्यक अनुसन्धान जारी रहेको उल्लेख गरिएको छ।







