काठमाडौं । कक्षा १२ को परीक्षा सुरु हुनु अगावै सामाजिक सञ्जालमार्फत प्रश्नपत्र र उत्तर सार्वजनिक गर्ने कार्यमा संलग्न थप दुई जना पक्राउ परेका छन्।
नेपाल प्रहरीको साइबर ब्यूरोले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै अनुसन्धानका क्रममा थप दुई जनाको संलग्नता खुलेपछि पक्राउ गरिएको जनाएको हो।
साइबर ब्यूरोका अनुसार राष्ट्रिय परीक्षा बोर्डबाट प्राप्त पत्रका आधारमा गरिएको प्राविधिक विश्लेषण तथा अनुसन्धानका क्रममा “Class 12 Management only” नामक WhatsApp Group तथा Facebook Messenger लगायत विभिन्न समूहमार्फत प्रश्नपत्र र उत्तर बाहिर ल्याइएको पाइएको थियो।
अनुसन्धानका क्रममा प्रश्नपत्रको गोपनीयता भंग गर्ने कार्यमा संलग्न रहेको आरोपमा गोरखाका २१ वर्षीय सन्तोष बजगाईं र २० वर्षीय अभिन अधिकारी पक्राउ परेका हुन्। उनीहरू हाल काठमाडौंको नागार्जुन क्षेत्रमा बस्दै आएका थिए।
ब्यूरोले पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको







