बर्दिया, गुलरिया | जिल्ला प्रहरी कार्यालय बर्दियाले भन्सार छली गरी नेपाल भित्र्याइएका अवैध सामान बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार २०८३ साल जेठ ८ गते दिउँसो करिब १ बजे जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले गुलरिया नगरपालिका–७ चौगुना क्षेत्रमा भारततर्फबाट अवैध रूपमा चोरी पैठारी गरी नेपाल ल्याइँदै गरेका विभिन्न सामान नियन्त्रणमा लिएको हो।
बरामद गरिएका सामानमा ५५७७ जातको धानको बिउ १० प्याकेट, गौरव नामक धानको बिउ ४६ प्याकेट, खाली ग्यास सिलिण्डर ३ थान तथा अटो ई–रिक्सा १ थान रहेका छन्।
प्रहरीले बरामद सामानको अन्दाजी बजार मूल्य रु. २ लाख ५० हजार ५ सय रहेको जनाएको छ।
उक्त सामान आवश्यक कारवाहीका लागि राजापुर भन्सार कार्यालय, गुलरिया बर्दियामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रकाश सिंह कार्कीले अवैध गतिविधि नियन्त्रणका लागि सुरक्षा निगरानी थप कडाइ गरिएको जानकारी दिएका छन्।







