Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

नेपालगञ्ज । बाँके प्रहरीले ठगी मुद्दामा फरार रहेका एक प्रतिवादीलाई कास्कीबाट पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बैजनाथ गाउँपालिका–२ निवासी २६ वर्षीया शोभा थापामगरले दिएको जाहेरीका आधारमा दर्ता भएको ठगी मुद्दामा फरार रहेका इन्द्रेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, नेपालगञ्जका अध्यक्ष जितेन्द्र थापालाई पक्राउ गरिएको हो।
नेपालगञ्ज उपमहानगरपालिका–४ निवासी ४० वर्षीय थापाविरुद्ध २०८० साउन १२ गते ठगी सम्बन्धी मुद्दा दर्ता भएको थियो। मुद्दा दर्तापछि फरार रहेका उनलाई जेठ २६ गते कास्की जिल्लाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका थापालाई आवश्यक कानुनी कारबाहीका लागि बाँके जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
प्रहरीले आर्थिक अपराध तथा ठगीका घटनामा संलग्न फरार प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech