ट्रेण्डिङ

ताजा अपडेट

१४ फागुन २०८२ नेपालगञ्ज ;- बाँके जिल्लाका  तीन वटा  निर्वाचन क्षेत्रमा नेपाल प्रहरीलाई प्रहरी नायब उपरीक्षक ( डिएसपी ) को कमान्डमा खटाइएको छ। आसन्न निर्वाचनलाई लक्षित गर्दै जिल्लामा सुरक्षा व्यवस्थापन कडा पारिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
प्रहरीका अनुसार संवेदनशील मानिएका मतदान केन्द्रहरूमा विशेष निगरानी बढाइएको छ भने मोबाइल गस्ती, पैदल गस्ती र सादा पोसाकका प्रहरी परिचालनलाई तीव्र बनाइएको छ। शान्ति सुरक्षा कायम राख्न र निर्वाचन प्रक्रिया निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गर्न डिएसपिको प्रत्यक्ष कमान्डमा प्रहरी परिचालन गरिएको हो।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अंगुर जि सि ले निर्वाचन अवधिभर कुनै पनि प्रकारका अवाञ्छित गतिविधि सह्य नहुने स्पष्ट पारेका छन्। “मतदानलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित बनाउन सुरक्षा निकाय पूर्ण तयारीमा छ,” उउहाले भन्नु भयो “संवेदनशील तथा अति संवेदनशील क्षेत्रहरूमा थप जनशक्ति परिचालन गरिएको छ।”
प्रहरीले सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न चेकजाँचलाई कडा बनाएको छ। मुख्य नाकाहरूमा सवारी साधन जाँच, शंकास्पद व्यक्तिमाथि निगरानी तथा रात्रीकालीन गस्ती बढाइएको छ। साथै, सशस्त्र प्रहरी बलसँग समन्वय गरी संयुक्त सुरक्षा रणनीति लागू गरिएको जनाइएको छ।
निर्वाचन आचारसंहिता कार्यान्वयनमा समेत कडाइ गरिने बताइएको छ। मतदाता, उम्मेदवार तथा सर्वसाधारणलाई शान्ति र सद्भाव कायम राख्न प्रहरीले आग्रह गरेको छ।
यसबीच, जिल्लावासीले समेत प्रहरीको यस्तो कदमको खुलेर प्रशंसा गर्नुका साथै सुरक्षा व्यवस्थापन कडा पारिएको भन्दै मतदान शान्तिपूर्ण रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech