२०८२ चैत २८– बाँकेको बैजनाथ गाउँपालिका वडा नं. २ सैलवा निवासी शेयर सदस्य श्रीमती चन्द्रा कुमारी राना क्षेत्रीलाई उहाँले लिनुभएको ऋणको बीमा रकम तथा क्रियाखर्च बापत रु. २,२०,००० हस्तान्तरण गरिएको छ।
श्रीमती रानाले संस्थाबाट मिति २०८२/७/२० गते रु. २ लाख ऋण लिनुभएको थियो। उहाँका पति श्री चित्र बहादुर रानाको मिति २०८२/९/७ गते मृत्यु भएपछि उक्त ऋण बीमा भएकोले श्री सन नेपाल लाइफ इन्सुरेन्स लिमिटेडले ऋण बराबरको रकम र क्रियाखर्च बापत रु. २०,००० गरी कूल रु. २,२०,००० (दुई लाख बीस हजार) प्रदान गरेको हो।


उक्त रकम संस्थाका अध्यक्ष श्री शेर बहादुर बस्नेत र श्री सन नेपाल लाइफ इन्सुरेन्स लिमिटेडका बाँके बर्दिया इन्चार्ज श्री बिरेन्द्र सुवेदीले संयुक्त रुपमा श्रीमती रानालाई हस्तान्तरण गर्नुभएको हो।
यसैबीच, ऋणी सदस्य तथा उहाँको श्रीमान्–श्रीमती मध्ये कसैको मृत्युमा ऋण सुरक्षण गर्ने उक्त कार्यक्रमले शेयर सदस्यहरूलाई थप राहत पुगेको महसुस गरिएको छ। कार्यक्रममा उपस्थित भई सहजीकरण गर्नुहुने श्री बिरेन्द्र सुवेदीलाई संस्थाले हार्दिक धन्यवाद समेत व्यक्त गरेको छ।
संस्थाले यस्तो व्यवस्थाले अन्य सदस्यलाई समेत बीमाप्रति आकर्षित गर्ने विश्वास लिएको छ।





