Surakshya Rastriya Dainik
आइतबार, २६ जुलाई २०२६
ट्रेण्डिङ

 

३० बैशाख २०८३ खजुरा ;— खजुरा गाउँपालिका वडा नम्बर १ मा अटो रिक्साको सिटभित्र लुकाएर ल्याइँदै गरेको गाई तथा गोरुको मासु प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय धनौलीका प्रमुख प्रहरी निरीक्षक नविन चापागाईंको सक्रियता र कडा कार्यशैलीका कारण यो सफलता मिलेको हो।
प्राप्त स्रोतको जानकारी अनुसार, मासु अवैध रूपमा ओसारपोसार गर्दै गरेको अटो रिक्सालाई शंका लागेपछि प्रहरीले चेकजाँच गर्दा सिटमुनि राम्रोसँग लुकाएर राखिएको अवस्थामा उक्त मासु फेला परेको हो। प्रहरी निरीक्षक चापागाईंले घटनास्थलमै पुगेर नियन्त्रण कारबाहीलाई तीव्रता दिएका थिए।
प्रहरी संगठन भित्र आफ्नो कार्यशैली र अब्बल क्षामता प्रतुत गर्दै आएका प्रहरी निरीक्षक चापागाईं यसअघि जिल्ला प्रहरी कार्यालय बर्दियामा कार्यरत रहँदा उत्कृष्ट अनुसन्धान अधिकृतको रूपमा सम्मानित भइसकेका छन्। उनको अनुशासन, इमानदारी र कानुनी राज्य स्थापनाप्रतिको प्रतिबद्धताले प्रहरी युनिटभित्र राम्रो उदाहरण पेस गरेको छ।
प्रहरीले बरामद मासु आवश्यक प्रक्रिया पूरा गरी परिक्षणका लागि ब्यवस्थापन गर्दै घटनाबारे थप अनुसन्धान जारी राखेको छ। स्थानीय बासिन्दाले पनि प्रहरीको यस्तो कार्यशैलीको खुलेर प्रशंसा गरेका छन्। यद्यपि प्रहरिले भने पशु जीवन संरक्षण तथा अवैध मासु व्यापार नियन्त्रणका लागि आफ्नो अभियान निरन्तर जारी राख्ने बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech