काठमाडौं— काठमाडौं महानगरपालिका–२६, मित्रनगरस्थित एक गेष्ट हाउसमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, प्रहरी प्रभाग बसपार्कका प्रमुख प्रहरी निरीक्षक शरण विक्रम शाहको नेतृत्वमा आज दिउँसो करिब १:३० बजे गेष्ट हाउसमा छापा मार्दा नगद एक लाख तेइस हजार रुपैयाँ र तीन बुक तास बरामद गरिएको हो।


पक्राउ पर्नेमा काठमाडौं तारकेश्वर–५ का ४२ वर्षीय सूर्य लामा, नुवाकोट ककनी–६ का ३५ वर्षीय दिपेश लामा, काभ्रे खानीखोला–६ का ४१ वर्षीय रेशम लामा, शेषमती बस्ने ६१ वर्षीय मंगलबहादुर लामा, मनमैजु बस्ने ४० वर्षीय देवेन्द्र लामा र लोलाङ बस्ने ४५ वर्षीय बुद्ध लामा रहेका छन्।
पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्जमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपील राज बोहराले जानकारी दिएका छन्।





