बाँके प्रहरीले कटुवा पेस्तोल र गोलीसहित दुई किशोरलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, नेपालगन्ज–९ का १७ वर्षीय दुई किशोरलाई गएराति बसपार्क क्षेत्रबाट पक्राउ गरिएको हो।


पुष्पलाल चोकबाट बसपार्कतर्फ गइरहेको ने.१ ह ४५०२ नम्बरको ई–रिक्सामा सवार उनीहरूलाई चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। त्यस क्रममा उनीहरूबाट १ थान कटुवा पेस्तोल र २ राउन्ड गोली बरामद गरिएको छ।
प्रहरीका अनुसार उनीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको छ।
शान्ति सुरक्षामा खलल पुग्न सक्ने गतिविधिमा संलग्न हुन खोज्नेहरूमाथि निगरानी कडा पारिएको प्रहरीले जनाएको छ।






