Surakshya Rastriya Dainik
सोमबार, २४ अगस्ट २०२६
ट्रेण्डिङ

काठमाडौं । बैंकको कर्मचारी भएको भन्दै ग्राहकलाई फोन तथा ह्वाट्सएपमार्फत सम्पर्क गरी ‘केवाइसी अपडेट’का नाममा ठगी गर्ने गिरोहका चार सदस्य पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बारा देउताल गाउँपालिका–४ का २२ वर्षीय अभय तिवारी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रामग्राम नगरपालिका–१६ का २२ वर्षीय जयकुमार केवट, रामग्राम नगरपालिका–१७ का २२ वर्षीय विद्य‍ासागर केवट र पर्सा वीरगञ्ज महानगरपालिका–३ का २७ वर्षीय कुबेर थापा रहेका छन्।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा साइबर ब्यूरोले गत साउन ३१ गते चितवनबाट पक्राउ गरेको हो।

नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार पछिल्लो समय बहालवाला तथा सेवानिवृत्त कर्मचारीलाई लक्षित गरी बैंकबाट फोन गरेको भन्दै केवाइसी विवरण अद्यावधिक गर्न लगाएर ठगी गर्ने समूह सक्रिय रहेको पाइएको छ।

अनुसन्धानका क्रममा ठगीमा संलग्न व्यक्तिहरूले फोन तथा ह्वाट्सएपमार्फत पीडितसँग सम्पर्क गरी केवाइसी अपडेट गर्नुपर्ने भन्दै विभिन्न विवरण माग्ने गरेको खुलेको छ। उनीहरूले पीडितलाई मोबाइलको स्क्रिन सेयर गर्न लगाउनुका साथै बैंकबाट प्राप्त हुने ओटीपी कोडसमेत माग्ने गरेका थिए।

यसरी प्राप्त ओटीपी तथा अन्य गोप्य विवरण प्रयोग गरी पीडितको बैंक खातामा अनधिकृत पहुँच बनाएर रकम अन्य खातामा स्थानान्तरण गर्ने गरेको साइबर ब्यूरोले जनाएको छ।

प्राविधिक विश्लेषणका क्रममा पक्राउ परेका चारै जना उक्त ठगीमा संलग्न रहेको खुलेको ब्यूरोको भनाइ छ।

उनीहरूमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनधिकृत पहुँच तथा विद्युतीय माध्यमबाट ठगी गरेको कसुरमा अनुसन्धान भइरहेको छ।

काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ।

साइबर ब्यूरोले बैंक वा अन्य वित्तीय संस्थाको नाममा फोन गर्ने अपरिचित व्यक्तिलाई ओटीपी, पासवर्ड, स्क्रिन सेयर वा अन्य गोप्य विवरण उपलब्ध नगराउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech