Surakshya Rastriya Dainik
सोमबार, २४ अगस्ट २०२६
ट्रेण्डिङ

बाँके नेपालगन्ज – बाँकेको नेपालगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा २० अर्ब रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको छ। कार्यालयका अनुसार यस वर्ष २० अर्ब २८ करोड रुपैयाँभन्दा बढी राजश्व उठेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब २ अर्ब रुपैयाँले बढी हो।

भन्सार प्रमुख जनार्दन पौडेलले लक्ष्यभन्दा कम भए पनि अघिल्लो वर्षको तुलनामा राजश्व संकलनमा सुधार आएको बताए। “पूर्ण लक्ष्य भेटिएन, तर अघिल्लो वर्षको संकलनलाई हेर्दा प्रगति भने देखिन्छ”, उनले भने।

गत वर्ष (२०८०/८१) मा नेपालगञ्ज भन्सारले १८ अर्बभन्दा थोरै राजश्व उठाएको थियो। चालू आवमा भने लक्ष्य २७ अर्ब नाघेको भए पनि संकलन ७४ प्रतिशतभन्दा थोरै बढी मात्र पुगेको देखिएको छ।

नेपालगञ्ज नाकाबाट आउने आयातमा पेट्रोलियम पदार्थ अग्रस्थानमा छ — करिब ५० प्रतिशत राजश्व त्यहीबाट उठ्ने कार्यालयको तथ्याङ्क छ। चामल, खाद्यान्न, फलाम लगायतका वस्तुहरू पनि राजश्व संकलनमा योगदान दिन्छन्।

यद्यपि, पछिल्लो समय नेपालगञ्जको एकीकृत जाँच चौकी (आईसीपी) मा लागत बढेपछि केही व्यवसायीहरूले नाकै परिवर्तन गरेका छन्। त्यसले पनि राजश्व लक्ष्यमा असर पारेको अधिकारीहरू बताउँछन्।

नेपालगञ्ज भन्सारबाट जडिबुटी लगायतका नेपाली सामग्रीहरू निर्यात पनि हुने गरेका छन्। यस्ता निकासीले व्यापार सन्तुलनमा केही सहयोग पुगेको भन्सार कार्यालयको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech