Tuesday, October 13, 2026

बाँके । बाँके क्षेत्र नम्बर ३ का केही मतदाताले आफूहरूले जनताको आवाज संसद्मा उठाउने र क्षेत्रका समस्या समाधानमा भूमिका खेल्ने अपेक्षासहित निर्वाचित गराएका सांसद खगेन्द्र सुनार अहिले जनताका मुद्दाभन्दा आफ्नै विवादको प्रतिरक्षामा केन्द्रित भएको गुनासो गरेका छन्।
मतदाताहरूका अनुसार निर्वाचनका बेला जनताको घरदैलोमा पुगेर आश्वासन दिएका सांसदले निर्वाचित भएपछि क्षेत्रका विकास, रोजगारी, शिक्षा, स्वास्थ्य, सडक तथा जनसरोकारका विषयमा अपेक्षाअनुसार प्रभावकारी भूमिका देखाउन नसकेको उनीहरूको आरोप छ।
पछिल्लो समय सांसद सुनार र प्रहरी संगठन तथा प्रहरी प्रधान कार्यालयको सचिवालयसँग जोडिएको विवादले पनि बाँके–३ का मतदाताको असन्तुष्टि थप बढाएको उनीहरूको भनाइ छ। “हामीले जनताका काम गर्लान् भनेर जिताएर पठाएका हौँ, आफ्ना विवाद र आरोपको बचाउ गर्न राज्यका सुरक्षा निकायसँगै पैँठेजोरी खोज्न होइन,” एक मतदाताले भने।
मतदाताहरूले सांसदले आफूविरुद्ध उठेका प्रश्नको जवाफ तथ्य र प्रमाणका आधारमा दिनुपर्ने तथा सार्वजनिक पदको मर्यादा कायम राख्नुपर्ने बताएका छन्। उनीहरूले व्यक्तिगत विवादलाई संस्थागत टकरावको विषय नबनाई सम्बन्धित निकायबाट निष्पक्ष छानबिन र सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्।
यसबीच, सांसद सुनारमाथि उठेका आरोप, प्रहरी संगठनसँगको विवाद तथा त्यसको वास्तविक पृष्ठभूमिबारे सम्बन्धित पक्षको आधिकारिक धारणा र प्रमाणका आधारमा सार्वजनिक बहस आवश्यक देखिएको छ।
मतदाताको प्रश्न स्पष्ट छ—जनताले दिएको मतको प्रतिफल जनताको काममा देखिने कि विवादको प्रतिरक्षामा?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech